बालाजु आन्दोलन: प्रहरीको गाडीमा आगजनी र मोबाइल लुटपाट गर्ने एक दर्जनभन्दा बढी पक्राउ

Posted on: 15 Feb, 2023

फागुन ३, काठमाडौँ | यातायात मजदुरको आन्दोलनका क्रममा लुटपाट गर्ने एक दर्जनभन्दा धेरै जना पक्राउ परेका छन् । सोमबार काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से मलमा लुटेराहरूले पसल फोडेर मोबाइल लुटपाट गरेका थिए ।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा पसल तोडफोड गरी लुटपाट गर्नेहरूको पहिचान गरी पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीले विशेष टोली परिचालन गरी लुटेराको खोजी गरेको थियो । आन्दोलनका क्रममा प्रहरीको गाडी तोडफोड तथा आगजनी गर्नेहरू पक्राउ परेका छन् । प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको थियो भने एक गाडीमा आगजनी भएको थियो । प्रहरीले उनीहरूलाई आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूविरुद्ध लुटपाट कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मोबाइल व्यवसायीहरूले ८ करोडभन्दा धेरैको क्षति भएको बताउँदै आएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!