यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, माछापोखरीमा जलाइयो प्रहरीको भ्यान

Posted on: 13 Feb, 2023

फागुन १, काठमाडौँ | बालाजु र गोङ्गबु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन उग्र बनेको छ। उनीहरुले आफ्नो मजदुरलाई कुटपिट गरेकोदेखि ट्राफिक प्रहरीको नियमलाई लिएर विरोध जनाएका हुन्।

त्यसक्रममा मजदुरहरुले माछापोखरी क्षेत्रम प्रहरी भ्यान जलाएका छन्। अन्य गाडीमाथि पनि तोडफोड भएको छ।

मजदुरहरुले अहिले बालाजुदेखि गोङ्गबु क्षेत्रसम्म बस सडकमै तेर्साएर विरोध गरिरहेका छन्। आफ्नो माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!