विदेश जाने तयारीमा रहेका युवक सुर्खेतमा पुलमुनि झुण्डिएको अवस्थामा फेला परे

Posted on: 31 Jan, 2023

माघ १७, सुर्खेत | सुर्खेतको वीरेन्द्रनगर नगरनगरपालिका–१०, नारायण पेट्रोल पम्पनजिकै इत्रामखोला पुलमा हुम्लाका एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

आज बिहान हुम्लाको अदानचुली गाउँपालिका–३, गोरपालिका २४ वर्षीय मिलन बुमी झुन्डिएको अवस्थामा मृत फेला परेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार उनी वीरेन्द्रनगर–१० मा बस्दै आएका थिए ।उनी रोजगारीका लागि विदेश जाने तयारीमा रहेको बुझिएको छ। 

विदेशका लागि भिसा आइसकेका बेला अकस्मात उनी झुण्डिएको अवस्थामा फेला परेपछि परिवार शोकमा डुबेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!