वेबसाइटमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान रोकियो

Posted on: 28 Jan, 2023

माघ १४, काठमाडौं | त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टादेखि विमान उडान बन्द भएको छ ।

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डिया लगायत ५/६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धकले जानकारी दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!