साथीको घरमा लगेर दुई किशोरी बलात्कार, दुई जना पक्राउ

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ | १७ वर्षीया र १६ वर्षीया दुई किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका–७ बोबाङ बस्ने २२ वर्षीय आयुष विक र २१ वर्षीय जीवन विक रहेका छन्। उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति बलात्कार गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राती १७ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!