जुम्ला विमानस्थल धावन मार्गमा जहाज बस्न सकेन

Posted on: 26 Jan, 2023

माघ १२, जुम्ला । जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवारदेखि लगातार भएको हिम पातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानै देखी हिउँ पर्न रोकिएको छ । 

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मङ्गलवार र बुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उनका अनुसार आज भने मौसम राम्रो भए पनि धावन मार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन। आज मौसम राम्रो भएकाले नेपालगन्ज देखी जहाज आउन तयारी गरेकोले धावनमार्ग खुलाउँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए।


धावन मार्गमा हिउँ जमेपछि बिहानै देखी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ । नेपाली सेना २४ नम्बर बाहिनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् । अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि पुग्नु भएको थियो। तीन दिन देखी हिउँ परेर नेपालगन्जमा जुम्ला आउने यात्रुहरू अलपत्र अवस्थामा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!