दक्षिण भारतीय अभिनेता सुधीर वर्माले गरे आत्महत्या

Posted on: 25 Jan, 2023

माघ ११, काठमाडौँ । दक्षिण भारतीय (साउथ) का चर्चित अभिनेता सुधीर वर्माले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या प्रयास गरेका उनको हैदरावादको उस्मानिया अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् ।


३३ वर्षीय वर्माको उपचारको क्रमम निधन भएको हो । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेका हुन् । वर्माको निधन भएको उनका सहकलाकार तथा साथी अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले वर्मालाई श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘प्यारो र राम्रो मान्छे । तपाईसँग काम गर्न राम्रो लाग्यो । म विश्वास गर्न सक्दिन कि तपाईं अब यो संसारमा हुनुहुन्न् ।’

त्यस्तै उनको निधनप्रति अभिनेत्री चाँदनी चौधरीले लेखेकी छिन्, ‘सुधीर, तिम्रो बिदाईले मेरो मुटु टुटेको छ, तिमी महान अभिनेता थियौ । हामीले तिमीलाई सम्झने छौँ ।’ रिपोर्टका अनुसार राम्रो भूमिका र काम नपाएका कारण वर्मा लामो समयदेखि डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्याजस्तो कदम उठाएका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!