स्पट फिक्सिङका लागि मेहबुबको फोन : ६ खेलको ३६ लाख आउँछ

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | नेपाल टी–ट्वान्टी लिगमा मेहबुव आलमले खेलाडीहरुलाई स्पट फिक्सिङको अफर गरेको अडियो प्रहरीले बरामद गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनले स्पट फिक्सिङको अफर गरेको अडियो बरामद गरेको हो । 


उनले खेडालीलाई स्पट फिक्सिङ गर्दा ६ देखि ८ लाख आउँछ भन्दै अफर गरेको अडियो बरामद गरेको सीआईबीका एक अधिकारीले बताए । 

‘आलमले खेलाडीलाई म्यासेज र फोनबाट अफर गरेका थिए । एक खेलाडीलाई ६ देखि ८ लाखसम्म आउँछ भनेर अफर गरेको अडियो बरामद भएको छ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । 

उनले दुई खेलाडीलाई अफर गरेको सीआईबीले बताएको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्पट फिक्सिङको विषयमा जानकारी दिएको थियो ।

स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय खेलाडी आलम र राष्ट्रिय खेलाडी आदिल अन्सारीलाई पाँच दिनको समय थप गरेर अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!