सवारी दुर्घटनामा कलंकीमा एक जनाको मृत्यु

Posted on: 24 Jan, 2023

माघ १०, काठमाडौँ | कलंकीमा भएको मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ।

आज बिहान पौने सात बजे अन्डर पास नजिकै बा प्र०२-०४ प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री घाइते भएका छन्। उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!