पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलर

Posted on: 04 Jan, 2023

पौष २०, पाँचथर। कमल घिमिरे। पाँचथरको फिदिममा जेसीवीको २२ औँ डिलरको स्थापना भएको छ । 

एम.ए.डब्लु प्रा.लीले नेपालका ल्याएको जेसीवी ब्राण्ड को आधिकारिक डिलर फिदिम नगरपालिका ४ को जोरसाल बजारमा ल्याएको हो । निर्माणका काम गर्दा मेसिनमा खरावी आएमा विर्तामोड सम्म जानु पर्ने समस्यालाई मध्यनजर गरी फिदिम मै डिलर ल्याएको जेसिवि ब्रान्डका सेल्स चिफ मेनेजर कञ्चन सिलवालले बताउनु भयो । 

नयाँ जेसिवी, स्पेयर्स पार्टस र दक्ष इन्जिनियरको सुविधा फिदिम बाटै प्रदान हुने फिदिम डिलरका जेनेरल मेनेजर सन्जिव जोशीको भनाइ छ । डिलर उद्घाटन कार्यक्रम उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यता र झरना स्टोर्सका प्रोपाइटर राजकुमार जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!