बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

Posted on: 23 Dec, 2022

पुस ८, बाँके | बाँकेको बैजनाथ गाउँपालिका-३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । 

आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!