धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

Posted on: 12 Dec, 2022

मङ्सिर २६, जनकपुरधाम | धनुषामा गए राती सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या हुनेमा धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादव रहेको प्रहरीले जनाएको छ । ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!