बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 09 Dec, 2022

मङ्सिर २३,  बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउद रहेका छन् । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ ।

जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप दुर्घटनामा परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!