धनुषामा बोलेरो दुर्घटना : ११ दिने शिशुको मृत्यु, ६ जना गम्भीर घाइते

Posted on: 06 Nov, 2022

कात्तिक २०, काठमाडौँ | धनुषामा बोलेरो दुर्घटना हुँदा एक ११ दिनको नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । 

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । गम्भीर घाइतेको नाम र ठेगाना खुल्न नसकेको डिएसपी क्षेत्रीले बताए । 

जनकपुरधामबाट ढल्केबर गइरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको प्रहरीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!