यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

Posted on: 28 Sep, 2022

असोज १२, काठमाडौं | चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने  १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । 


आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको  टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । 

चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ । 

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!