पानीको भाँडोमा डुबेर सोलुखुम्बुको बालिकाको मृत्यु

Posted on: 22 Aug, 2022

भदौ ६, सोलुखुम्बु | सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ । 


ज्यान गुमाउनेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

आइतबार साँझ घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!