दार्चुलामा जिप दुर्घटना: ५ जनाको घटनास्थलमै मृत्यु, छ घाइते

Posted on: 17 Aug, 2022

भदौ १, दार्चुला | दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। छ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो।

गोकुलेश्वरबाट खलंगाका लागी छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जीप सडकबाट करिब २५० मिटर तल खसेको छ। दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छैन। जीपमा सवार तीन महिला, दुई पुरुष र चालक घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलतर्फ हिँडिसकेको छ । थप विवरण प्राप्त हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!