भारतीयलाई लुटेको आरोपमा बसपार्कबाट ३ जना डान्सबार संचालक पक्राउ

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ | काठमाडौँको नयाँ बसपार्कमा रहेको डान्सबारमा भारतिय नागरिकलाई लुटेको आरोपमा प्रहरीले दुईजना महिला र एकजना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ ।

ठमेलबाट भारतिय नागरिकलाई ‘सस्तोमा होटल मिलाउँछौं’ भन्दै  ल्याएर गएराती डान्सबारमा लगेपछि लुटेको आरोप छ । लुटिने ५ जना भारतिय नागरिक मध्ये केही सरकारी कर्मचारीहरु छन् । 

पीडितबाट जाहेरी लिएर लुटमा संलग्नहरूलाई मुद्दा चलाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । एसएसपी बोहराले भने–‘अनुसन्धान हुँदै छ कानुन बमोजिम हुन्छ ।’  आरोपीहरुलाई अहिले प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!