बञ्चरेडाँडामा फाेहाेर फाल्न आज पनि अवराेध, एक युवक पक्राउ

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ |  काठमाडाैँ उपत्यकाकाे ‍फाेहाेर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज पनि अवराेध भएकाे छ।

काठमाडाैँबाट सुरक्षाकर्मीकाे संरक्षणका साथ पुर्‍याइएकाे फाेहाेरकाे गाडीलाई स्थानीयले अवराेध गरेका हुन्। अवराेध गर्ने एक स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय दीपेश कार्की रहेका छन्। उनले फाेहाेरका गाडीहरू राेकी लैजान नदिन अवराेध गरेकाेले नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।

लामाे समयदेखि काठमाडाैँमा थुप्रिएको फाेहाेर बञ्चरेडाँडा पुर्‍याउँदा स्थानीयले विभिन्न बहानामा अवराेध सिर्जना गरिरहेका छन्।

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाह र स्थानीयबीच फाेहाेरकाे विषयमा सहमति भएकाे भए पनि स्थानीयले पटक-पटक अवराेध सिर्जना गर्दा फाेहाेर फाल्ने कार्य प्रभावित हाे।

हिजाे मंगलबार मात्रै मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहयाेग मागेका थिए। भेटलगत्तै प्रधानमन्त्री देउवाले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई फाेहाेर फाल्नकाे लागि सहज वातावरण सिर्जना गर्न सघाउन निर्देशन दिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!