निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ | निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । 

उपत्यका अपराध महाशाखा र धनुषा प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

उनीमाथि नाबालिग हुँदा निहारिकामाथि बलात्कार गरी बच्चा जन्मिएको आरोप छ । निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलदेखि वसन्तपुरसम्म धर्ना दिँदै आएकी छन् । उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयाससमेत गरेकी थिइन् ।

राजपुतले राष्ट्रपति कार्यालयबाहिर आत्मदाह प्रयास गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले घटना’ चासो राखेकी थिइन् । उनले कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग घटनाजानकारी माग्दै कारबाही प्रक्रिया’ जिज्ञासा राखेकी थिइन् ।

‘शिवराज श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले नियन्त्रणमा लिएको हो, थप विवरण मागेका छौं,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने । धनुषाकी राजपुतले ‘आफूमाथि श्रेष्ठले बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको’ आरोप लगाउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै ‘बच्चाको डीएनए परीक्षण’ माग गर्दै आएकी छन् ।

आफूमाथि श्रेष्ठले ‘बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको’ निहारिकाको आरोप छ । घटना अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउनेगरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!