मुगुमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु, ६ जना घाइते

Posted on: 31 Jul, 2022

साउन १५, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको र घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर आज बिहान सवा ८ बजे सडकबाट करिब ६० मिटर तल खसेको थियो । 

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!