दिलमाया सुनार मृत्यु प्रकरण : शुक्रबार राति सँगै सुतेको श्रेष्ठले स्वीकारे

Posted on: 27 Jun, 2022

असार १३, काठमाडौँ | गायिका दिलमाया सुनारको मृत्यु भएको तीन दिन बितिसक्दा पनि उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन् । सुनारको मृत्यु, हत्या वा आत्महत्या के बाट भएको हो भन्ने प्रहरीले टुंगो लगाउन सकेको छैन् ।


यद्यपी सुनारको घाँटीमा निलोडाम देखिएको प्रहरीले जनाएको छ। उनको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेष्ठले शुक्रबार राति दिलमायासँगै सुतेको स्वीकारेका छन् । उनले साझ सँगै सुतेको, ब्युँझदा दिलमाया झुण्डिएको अवस्थामा देखेको र आफुले उनलाई तल झारेको समेत प्रहरीसमक्ष बयान दिएका छन् ।

ढोका खुल्ला भएको अवस्थामा दिलमाया शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । मृत्यु हुनुअघि दिलमायाले फेसबुकमा आफु मर्न लागेको र त्यसको दोष कसैलाई पनि नदिन भन्दै स्टाटस लेखेकी थिइन् । दिलमायाका बुवाले श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!