दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्स भेटियो

Posted on: 31 May, 2022

जेठ १७, पोखरा | दुर्घटनामा परेको तारा एअरको जहाजको ब्ल्याकबक्स भेटिएको छ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटना परेको जहाजको ब्ल्याक बक्स भेटिएको हो ।

शव संकलन तथा खोजी गर्न गएको टोलीले आज बिहान विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनकाअनुसार कोवाङ पुर्‍याइएको ब्ल्याकबक्स आजै काठमाडौँ पठाइनेछ ।


ब्ल्याक बक्सबाट दुर्घटनाको अन्तिम बेलासम्म चालक दलबीच भएका कुराकानीसँगै अन्य विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन-एनएइटी जहाजमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!