काठमाडौं महानगर आइतबारको बिदामा बिहानचाहिँ खुल्ने

Posted on: 22 May, 2022

जेठ ८, काठमाडौं | काठमाडौं महानगरपालिकामा आइतबार बिदाको दिन बिहान कार्यालय खुल्ने भएको छ । नगर कार्यपालिकाका अनुसार शनिवार बिदा भए पनि आइतवार बिहान ८ बजेदेखि ११ बजेसम्म कार्यालय खुल्ने व्यवस्था मिलाइएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको निर्णयानुसार आइतबार बिहान ८ बजेदेखि तीन घण्टा महानगरपालिकाअन्तर्गतका राजश्व विभाग र वडा कार्यालयहरु खुल्ला हुनेछन् ।

                                    

नेपाल सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबारका दिन सार्वजनिक बिदा दिने निर्णय परीक्षणको रुपमा लागू गरेको छ । मुख्यतः कार्यालयका सवारी साधनमा प्रयोग हुने इन्धन खर्च कटौतीको निम्ति लागु गरिएको यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुने अवस्था देखिएको छैन ।

आंशिक समय कार्यालय खुल्ला गर्ने प्रवृत्तिले सर्वसाधारणको काम नहुने र कार्यालयको सवारी साधन प्रयोगमा पनि रोक नलाग्ने भएकाले यसको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!