कैलालीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना,१२ जना घाइते, १ बालक बेपत्ता

Posted on: 21 May, 2022

 जेठ ७, डोटी | कैलालीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरको रात्रिबस आज बिहान ५ बजे डोटीको शिखर नगरपालिका १ गेरुपानीमा दुर्घटना भएको छ। दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले बताउनु भएको छ ।

उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएको ठाउँ सामान्य रहेको हुँदा बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। बस चालक फरार छन्।  बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!