विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते

Posted on: 20 May, 2022

जेठ ६, मोरङ | मोरङको सुनवर्षी नगरपालिका ६ मा नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

विजय जुलुसमा जाँदा भएको ट्रयाक्टर दुर्घटनामा परि घाइते भएका राजकुमार सरदारको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका सुनवर्षी नगरपालिका ५ का ४५ वर्षीय सरदारको उपचारको क्रममा  विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

विजय जुलुसमा ट्रयाक्टर पल्टँदा एक जनाको मृत्यु, ६ जना घाइते

को २ च १४३७ नम्बरको ट्याक्टरमा एमालेले विजय जुलुसमा सहभागी हुँदा ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा सुनवर्षीकै २६ वर्षीय जालन्धर राजवंशीसहित अन्य ६ जना घाइते छन्। घाइतेहरुको विराटनगर र रंगेलीमा उपचार भइरहेको छ।

दु​र्घटनामा ट्याक्टर चालक टुनटुन राजवंशी, ३८ वर्षीया श्वेता सरदार, २७ वर्षीय जहानभरकुमार राजवंशी, ४० वर्षीय कुसहा राजवंशी, ३५ वर्षीय लक्ष्मी सरदार घाइते भएका छन्। उनीहरुको रंगेली अस्पतलामा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!