८ बजेपछि सवारी साधन सञ्चालन हुने

Posted on: 13 May, 2022

वैशाख ३०, काठमाडौं | स्थानीय तहको निर्वाचन निर्धारित समय साँझ ५ बजे सकिएको भएपनि सवारी साधन सञ्चालन भने साँझ ८ बजेपछि मात्रै हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबै प्रकारका सवारी साधन ८ बजेपछि मात्रै सञ्चालन हुने र सोही अनुसार व्यवस्थापन मिलाइएको पनि ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।


निर्वाचन सकिएपनि मतपेटीलाई गणना स्थलसम्म पुर्याउनुपर्ने भएको यातायात सञ्चालनको समय पनि सोही अनुसार व्यवस्थापन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!