गाउँपालिका अध्यक्ष उम्मेदवारको गाडीले ठक्कर दिएपछी एक जनाको मृत्यु

Posted on: 13 May, 2022

वैशाख ३०, रुकुम पश्चिम | रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । ​बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरे । 


खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!