कांग्रेसको गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीले मतदातालाई ठक्कर दिएपछी...

Posted on: 13 May, 2022

वैशाख ३०, रुकुम पश्चिम | नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडीले मतदातालाई ठक्कर दिएको छ । बाँफिकोट-७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढारबाङ मतदानस्थलमा पुगेको उक्त गाडीले बाँस्थलाका अन्दाजी ६०-६२ वर्षीय पर्जे खत्रीलाई ठक्कर दिएको हो । 

गाडीको ठक्करबाट घाइते खत्रीको छिन्खेतमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा थप उपचार हुँदै छ । सबै मतदानस्थल घुमिरहेका बाँठा मतदानस्थल पुग्दा होहल्ला भएको थियो । होहल्ला भएपछि गाडी फर्काउने क्रममा गाडीले खत्रीलाई हानेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

प्रजिअ घिमिरेका अनुसार गाडी चालक र उम्मेदवार बाँठालाई सुरक्षित गरिएको र केही समय रोकिएको मतदान पुनः सुचारु हुने अवस्थामा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!