रुकुममा २३ किलो अफिम सहित २ जना पक्राउ

Posted on: 01 Sep, 2016

गणेश सिर्पाली, भदौ १६, रुकुम । रुकुममा लागु औषत अफिम सहित २ जना पक्राउमा परेका छन । 

रुकुम हुकाम घर भई सल्लेमा वस्दै आएका ३५ वर्षिय रामु घर्ति र रुकुम रन्मामैकोटका ३७ वर्षिय पुर्णवहादुर पुनलाई प्रहरीले २३ किलो अफिम सहित पक्राउ गरेको हो । 

झोला वोकेर हिडिरहेको अवस्थामा विशेष सुराखीको सहयोगमा वजारवाटै उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

घटनाको वारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी ईन्सिपेक्टर खुमनवहादुर रजालीले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!