दुई म्यानपावरले दिए खारेजीको निवेदन, कुनै लेनदेन बाँकी भए ३५ दिनभित्र सम्पर्क गर्न विभागकाे आग्रह

Posted on: 08 May, 2022

वैशाख २५, काठमाडाैं | वैदेशिक राेजगार व्यवसाय गर्न पाउने आफ्नाे इजाजतपत्र खारेजी गरिपाउँ भन्दै वैदेशिक रोजगार विभागमा दुई वटा म्यानपावरले निवेदन दिएका छन् । आफ्नो इजाजतपत्र रद्द गरि धरौटी रकम फुकुवा गराइपाउँ भन्दै पुष्पा इन्टरप्राइजेज कम्पनी र स्कील्ड ह्युमन रिसोर्स प्रालीले निवेदन बुझाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसै सन्दर्भमा विभागले यी म्यानपावरसँग यदि कसैको कारोबार वा लेनदेन बाँकी छ भने विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । सवुत प्रमाणसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पर्क गर्न सकिने विभागले जनाएको छ । अन्यथा इजाजतपत्र खारेज र बैंक धरौटी फुकुवा भएपछि सम्बन्धित म्यानपावरसँग कुनै कारबाही गर्न नसकिने पनि विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!