स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्ट कांग्रेसबाट निष्काशित

Posted on: 04 May, 2022

बैशाख २१, सुर्खेत | स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई नेपाली कांग्रेसबाट निष्काशित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए । 

पार्टीको नीति, विधिविपरीत गतिविधि गरेको भन्दै  पार्टीका जिल्ला कार्यसमितिको निवर्तमान सदस्य विष्टलाई कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका उपसभापति सन्तोष केसीले बताए । 

पार्टीका आधिकारी उम्मेदवारविरुद्ध विष्टले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उनीसँगै उनलाई समर्थन गर्ने प्रस्तावक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरिएको छ ।

                                                                               

यस बिषयमा तपाइको प्रतिक्रिया...!