समसेर दल गण भित्र गोली चल्यो, महिला सिपाही गम्भीर घाइते

Posted on: 20 Apr, 2022

वैशाख ७, कपिलवस्तु । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गण भित्र गोली चल्दा एक महिला घाइते भएकी छन् । गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् । 

बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!