प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने चुम्लुङको माग

Posted on: 16 Mar, 2022

कमल घिमिरे । चैत्र २ । पाँचथर,  किरात याक्थुङ चुम्लुङले  प्रदेश नम्बर १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गरेको छ ।

पाँचथरको फिदिममा सम्पन्न भएको ११ औँ राष्ट्रिय महाधिवेशनको नव गठित संघिय कार्य समितिले पत्रकार सम्मेलन गर्दै लिम्बुवान किरात नामाकरण गर्नुपर्ने माग गरेको हो । ऐतिहासिक पृष्ठभुमीको आधारमा प्रदेश १ को वस्तुस्थिति अनुसार पहिचान जनित नाम राखिनुपर्ने चुम्लुङको माग छ ।

किरात याक्थुङ चुम्लुङको  ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रेम येक्तेनको अध्यक्षतामा ३४ सदस्यीय संघिय कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा कमल तिगेला, गोबिन्द आङ्बुङ, कमला  फागो र चन्द्रकुमार आङ्देम्बे, महासचिवमा निरन्ती तुम्बापो , उप महासचिवमा योगेन्द्र पालुङ्वा, सचिवमा चक्र येक्तेन, दिलकुमारी लिम्बू, भवानी बिक्रम सम्बाहम्फे र भीमप्रसाद योङ्हाङ र  कोषाध्यक्षमा अमर तुम्याहाङ सहित ३४ सदस्यि संघीय कार्य समिति चयन भएको हो । 

उक्त महाधिवेशनमा विभिन्न छलफल पत्रहरु  लिम्बुवान र प्रदेश नं. १ को नामाङ्करण , किरात सिरिजंगा लिपीको प्रतिवेदन र लिम्बू भाषा सरकारी कामकाजको प्रयोग , लिम्बूहरुको भूमि अधिकार, कार्यान्वयन पक्ष र चुनौतीहरु , लिम्बू कला र संस्कृति सम्बन्धीको छलफल, किरात, याक्थुङ/लिम्बू सम्बन्धी र लिम्बू भाषा, साहित्य र पठनपाठनमा वर्तमान अवस्था विषयक छलफलपत्रहरु प्रस्तुत भएको थियो । 

उक्त कार्य समिति बाट २० बुँदे निर्णय तथा समसामयीक प्रस्तावहरु पारित गरिएको महासचिव निरन्ती तुम्बापोले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!