महासंघको तालिम वर्षः खोजमुलक पत्रकारिता तालिम सम्पन्न

Posted on: 09 Mar, 2022

 कमल घिमिरे । फाल्गुन २५ । पाँचथर, पाँचथरको फिदिममा तीन दिने खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ । 

तुम्वेवा गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको तालिममा पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लाका ३५ जना पत्रकारहरु सहभागी रहेका थिए । तालिमको सहजिकरण खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, महासचिव रामजी दाहाल र वर्ड भ्यु नेपालका प्रमुख केदार शर्माले गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷८० लाई तालिम वर्षको रुपमा घोषणा गरे अनुसार तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिनुभयो । महासंघको २०७८ भदौ २४ गते बसेको कार्यसमितिको बैठकले पत्रकारको क्षमता विकासको लागी २ वर्ष तालिम वर्षको रुपमा घोषणा गर्ने निर्णय गरेको थियो । 

तालिम वर्ष सम्पन्न गर्नका लागी दुई आर्थिएक वर्षमा सम्बन्धित क्षेत्रका विज्ञहरु सम्मिलित खोजमुलक पत्रकारिता तालिम, फिचर लेखन तालिम, मल्टिमिडिया रिपोर्टिङ तालिम, अनलाईन पत्रकारिता तालिम, फोटो पत्रकारिता, आर्थिक वातावरण, खेलकुद लगायतका पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिने महासंघले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!