अपङ्गता भएका व्यक्तिहरुको लागी आलु चिप्स बनाउने तालिम सम्पन्न

Posted on: 05 Mar, 2022

कमल घिमिरे । फाल्गुन २१ । पाँचथर, पाँचथरको फिदिम नगरपालिकाको शिवामा अपङ्गता भएका व्यक्तिहरुको लागी ३ दिने आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ । 

फिदिम नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा अपाङ्ग सेवा समुहको आयोजनामा भएको तालिममा अपङ्गता भएका व्यक्ति र अभिभावक गरी १५ जनाको सहभागिता रहेको थियो । 

तालिममा सहभागी प्रत्येक व्यक्तिलाई १/१ वटा चिप्स कटर, आलु तास्ने चक्कु र झाँजर निशुल्क प्रदान गरिएको थियो । तालिमको सहजिकरण अपाङ्ग सेवा संघ पाँचथरकी सचिव समिक्षा मुखियाले गर्नुभएको थियो । 

तालिममको समापन ६ नम्बर वडा अध्यक्ष जहरमान तुम्रोक को प्रमुख आतिथ्यता, वडा सचिव बाल कुमार पुलामीको विशेष आतिथ्यता र समुहका अध्यक्ष रोषन सारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!