छोरीको हत्या गरि शव लुकाउन लाग्दै गर्दा आमा पक्राउ

Posted on: 05 Mar, 2022

फागुन २१, कपिलवस्तु । कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।

गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!