४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। 

चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएको छ। ’ पातारासी गाउँपालिका-७ का टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको अवस्थामा जडिबुटी नियन्त्रणमा लगिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!