कीर्तिपुर नगरपालिकाको नयाँ भवनमा एक जना मृत अवस्थामा फेला

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका अनुसार कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

खाना खाएर सुतेका खत्रीले आज विहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । कोठामा भित्रबाट चुकुल लगाइएको प्रहरीले जनाएको छ ।

खत्री नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!