मधेसमा बुधबार पनि सार्वजनिक विदा

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक विदा दिइएको छ । नाम र राजधानी पाएको खुशीमा आज सार्वजनिक विदा दिएको सरकारले विदा एकदिन थपेको हो ।

बुधबार बलिदानी दिवसस्वरुप विदा दिइएको हो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए । उनैको स्मृतिमा बुधबार बलिदानी दिवसको कार्यक्रम तय भएको लहान नगर समितिका अध्यक्ष दिनेश महतोले बताए ।

सोमबार मात्र प्रदेशसभामा भएको मतदानबाट प्रदेशको नाम मधेस र स्थायी राजधानी जनकपुरधाम टुँगो लागेको थियो । यसैको खुशीयालीमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!