मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

Posted on: 15 Jan, 2022

कमल घिमिरे। माघ १ । पाँचथर, पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ   ।

तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो । 

खोलाले बगाएर बेपत्ता भएका बुढाथोकीलाई इलाका प्रहरी चौकी मौवा र नावाखोलाको प्रहरी टोली तथा स्थानियहरुको सकृयतामा ४ किलोमिटर दक्षिण तुम्वेवा – २  हाकपाराको तमोर किनारमा मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ । शवलाई पोष्र्टमार्टमको लागी रवि लगिएको बताइएको छ  । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!