स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

Posted on: 06 Jan, 2022

पुस २२, धनुषा । धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन्। 

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!