प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा रिमाल पक्राउ

Posted on: 04 Jan, 2022

पुस २०, काठमाडौँ | प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलकप्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथै अभद्र ब्यवहार गरेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि अभद्र व्‍यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!