कृषी तथा पशुपन्छी बीमाको अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

Posted on: 10 Dec, 2021

कमल घिमिरे । मंसिर २४ । पाँचथर, कृषी तथा पशुपन्छी बीमा सम्बन्धि एक दिने अन्तरक्रिया र घुम्ती बीमा सेवा कार्यक्रम पाँचथरको फिदिममा सम्पन्न भएको छ । 

एन.एल.जी. इन्स्योरेन्स कम्पनी फिदिम कार्यालयको आयोजनामा भएको कार्यक्रममा पशु तथा कृषी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रस्ट पारिएको थियो । कार्यक्रमको सहजिकरण  एन.एल.जी. इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले गर्नुभएको थियो । 

कार्यक्रममा पाँचथर जिल्लाका कृषकहरु, फिदिम नगरपालिका १ नम्बर वडा अध्यक्ष गजाधर भट्टराई, फिदिम नगरपालिका कृषी तथा पशुपन्छी शाखा प्रमुख तिर्थ मिश्र, पशु प्राविधिक लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रम प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य सँघका महासचिव नवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!