जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on: 06 Dec, 2021

मंसिर २०, काठमाडौँ |  २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा  दैलेख प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको अभियोगमा नारायण नगरपालिका ६ बस्दै आएका २१ वर्षीय राहुल सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  दैलेखका प्रहरी नायक उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद  साहले  बताए  ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका ती युवालाई करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी साहले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!