वडाध्यक्ष बस्नेतको सवारी दुर्घटनामा मृत्यु

Posted on: 26 Nov, 2021

मंसिर १०, सिन्धुली | सिन्धुलीको दुधौली नगरपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ। सिरहाको लहान पुगेका बस्नेतलाई स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

अध्यक्ष बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ। बस्नेत दुधौली नगरपालिका–७ मा कांग्रेसको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!