१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा

Posted on: 01 Nov, 2021

कात्तिक १५, बाँके | नर्सरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले खजुराबाट दुई जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका–२ स्थित नर्सरीमा जुवा खेलिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–३ का २८ बर्षिय अशोक बर्मा र भारतको बहराइच जिल्ला रुपैडिहा बस्ने ४० बर्षीय राधे बर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

न्यौपानेकाअनुसार उनीहरुको साथबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद गरिएको छ । नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दै प्रहरी पुगेपछि शनिबार राति ९ बजे नर्सरीमा जुवा खेलिरहेकै बेला दुई जना पक्राउ परेका थिए ।

प्रहरी पुगेको सुइँको पाएपछि जुवा खेलिरहेका करिब आधा दर्जन बढी जुवाडेहरु भागेको जनाइएको छ । प्रहरीले घर, पसल र होटलमा जुवातास खेल्नेमाथि निगरानी बढाउन थालेपछि जुवाडेहरु गाउँ नजिकका नर्सरी र जंगललाई सुरक्षित ठानेर लुकिछिपी जुवा अखडा चलाउन थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!