त्रिशूली वाङ्मय प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

Posted on: 08 Aug, 2021

साउन २४, काठमाडौँ (रासस) । नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि आरएम डङ्गोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 


प्रतिष्ठानका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा श्यामराज पाठक, सचिवमा राजेन्द्र घिमिरे सागर र कोषाध्यक्षमा लक्ष्मी रूम्बा सर्वसम्मत चयन हुनुभएको छ । 

शनिबार भएको सभाले सदस्यमा कृष्णकिसु न्यौपाने, पुरू लम्साल, सन्तोषी अधिकारी, भैरवी भूगोल, वैरागी जेठा, उत्तमविचार भेटुवाल, पुरू विमल, जया ओझा, प्रभाती किरण र जीतेन्द्रसिंह ठकुरीलाई चुनेको छ । 

विसं २०६६ मा स्थापित सो संस्थाले शारदीय कविगोष्ठी, साहित्यिक पर्यटन यात्रा आयोजना गर्नाका साथै ‘त्रिशूली त्रिवेणी’ साहित्यिक पत्रिकालगायत कृति प्रकाशन गर्दै आइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!