सुनको मूल्य घट्यो

Posted on: 10 Jun, 2021

 जेठ २७, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको हो ।  

बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन पनि तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । 

यता चाँदी भने गत बुधबारको मूल्यमा ५ रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!