बागलुङ र बर्दियामा चौथो पटक निषेधाज्ञा जारी

Posted on: 04 Jun, 2021

जेठ २१, गलकोट । बाँके (रासस)  । बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । 

उहाँका अनुसार यसअघि बन्द  बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधबार र आइतबार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यालयले आज  सूचना जारी गर्दै  १० दिन जिल्लाभर निषेधाज्ञा  जारी गरिएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!